You are viewing the translated version of पैठारी गर्नु अघि स्वीकृति लिनु पर्ने; (१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्नुअघि देहायको विवरण खुलाई स्वीकृतिको लागि मन्त्रालयमा निवेदन दिनु पर्नेछ.

Section 14
पैठारी गर्नु अघि स्वीकृति लिनु पर्ने; (१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्नुअघि देहायको विवरण खुलाई स्वीकृतिको लागि मन्त्रालयमा निवेदन दिनु पर्नेछ
-
(क)-पैठारीकर्ताको नाम, ठेगाना तथा सम्पर्क टेलिफोन नम्बर,
(ख) पैठारीकर्ताको अनुमतिपत्र नम्बर र बहाल रहने अवधि,
(ग) पैठारी गर्न चाहेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको विवरण र परिमाण,
(घ) पैठारीको प्रयोजन,
(ङ) पैठारी हुने नाका वा भन्सार बिन्दु।
(२) उपदफा (१) बमोजिम परेको निवेदन उपर जाँचबुझ गर्दा त्यस्तो तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्न स्वीकृति दिन मनासिब देखिएमा निवेदन परेको मितिले सात दिनभित्र मन्त्रालयले निवेदकलाई तोकिए बमोजिमको ढाँचामा स्वीकृति दिनेछ।
(३) मन्त्रालयले यस दफा बमोजिम स्वीकृति प्राप्त गर्नको लागि निवेदन दिने तथा स्वीकृति दिने व्यवस्था विद्युतीय माध्यमबाट समेत गर्न सकिने गरी व्यवस्था मिलाउनु पर्नेछ।
(४) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगमा तेजाब वा अन्य.घातक रासायनिक पदार्थ प्रयोग गर्नु पर्ने भएमा त्यस्तो उद्योगले यस दफा बमोजिम पूर्व स्वीकृति लिई त्यस्तो तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्न संक्नेछ।